कटुवा पेस्तोल र गोलीसहित नवलपरासीबाट एक पक्राउ

  • २९ जेष्ठ २०७८, शनिबार १४:५२ मा प्रकाशित
  • कपिलवस्तु नगरपालिका-१ आनन्दबाग कैलाश टोलका एक व्यक्ति पक्राउ परेका छन्।

    ३३ वर्षीय पूर्णवीर पाल्पाली(कुम्हाल)लाई एक थान एक नाले कुटुवा पेस्तोल र दुई थान जंगी राउण्ड गोलीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

    कपिलवस्तु नगरपालिका-१ बस्ने दिपक पाण्डेयलाई यही जेठ ५ गते साकिर पाखिन समेतले गोली हानी घाइते बनाएका थिए।

    कर्तव्य ज्यानमुद्दाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले पूर्णवीरलाई उनकै कोठाबाट उक्त हतियारसहित पक्राउ गरेको हो।

    Leave a Reply