साझाले पनि निकालेन बस

  • १५ असार २०७८, मंगलवार १६:०३ मा प्रकाशित
  • सरकारले मंगलबारदेखि सार्वजनिक बस सेवा सुरु गर्ने निर्णय गरे पनि साझा यातायातले बस निकालेको छैन। 

    निषेधाज्ञाका कारण लामो समयदेखि थन्किएका बसहरु मर्मत गर्नुपर्ने भएकाले तत्काल निकाल्न नसिकएको साझाले जनाएको छ। 

    उपत्यका बाहिर गएका अधिकांश चालक तथा सहचालकहरु आउन नसकेका कारण पनि तत्काल बस सञ्चालन गर्न नसकिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताए।

    साझाका बसहरु कहिलेदेखि सञ्चालनमा आउने टुंगो समेत नभएको उनको भनाई छ। 

    ‘अहिले गाडी मर्मत र सरसफाइ गरिरहेका छौँ। हामी छिट्टै चलाउँछौं’ उनले सेतोपाटीसँग भने।

    copied:setopati

    Leave a Reply