मेलम्चीका बाढी प्रभावित गाउँमा जेनेरेटर सहयोगपछि मोबाइल चार्ज गर्नेको भिड!

  • ८ असार २०७८, मंगलवार १६:१७ मा प्रकाशित
  • सिन्धुपाल्चोकको हेलम्बुका बाढीपीडितलाई प्रयोग गर्न जेनेरेटर उपलब्ध भएको छ।

    १० थान जेनेरेटर उपलब्ध गराइएको हो।

    बाढीपीडितका लागि स्पेनिस नागरिक आना रूइज, स्पेनिस कम्पनी रामटोर र मेलम्ची खानेपानी आयोजनासँग आवद्ध संस्था सोलुसियोनिस इन्टिग्रालेस विफोरको सहयोगमा जेनेरेटर उपलब्ध भएको हो।

    जेनेरेटर र पेट्रोललगायत सामग्री उपलब्ध भएको छ। तालामाराङ, ग्याल्थुम, प्रहरी चौकी शेरा, चनौटे, पाल्चोक शेरा, गणेश बजार, किउल र थापाटारमा उक्त जेनेरेटर वितरण गरिएको हो।

    मेलम्चीका स्थानीय रोमन कार्की, पत्रकार आदित्य दाहाललगायतको पहलमा उक्त सामग्री उपलब्ध भएको छ। गत असार १ गते मेलम्चीमा आएको बाढीले जनधनको क्षति पुर्‍याएको थियो।

    विद्युत अवरूद्ध भएका क्षेत्रमा प्रयोग गर्न जेनेरेटर दिइएको हो। स्थानीय बालकृष्ण देउजाले जेनेरेटर उपलब्ध भएपछि मोबाइल चार्ज गर्न पाइएको बताए। जेनेरेटर प्रयोगमा आउन थालेपछि मोबाइल चार्ज गर्नेको भिड छ।

    copied:setopati

    Leave a Reply