दक्षिणकालीमा महिलाको शव भेटियो, हत्याको आशंका

  • ८ असार २०७८, मंगलवार १६:२७ मा प्रकाशित
  • ८ असार, काठमाडौं । दक्षिणकालीमा एक जना महिलाको शव विभत्स अवस्थामा भेटिएको छ ।

    अनुहार नचिनिने गरी गह्रुंगो वस्तुले किच्याएको अवस्थामा शव भेटिएको उपत्यका अपराध अनुसन्धान महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले अनलाइनखबरलाई बताए ।

    प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको हुनसक्ने देखिएको उनले बताए । ‘पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा शव भेटिएको छ’ खापुङले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

    प्रहरीले घटनास्थलमा फेरेन्सिक डाक्टर र तालिम प्राप्त कुकुरलाई पनि बोलाएको छ ।

    शव अन्दाजी ३०/३५ वर्षको महिलाको भएको प्रहरीको भनाइ छ । सनाखत भने भइसकेको छैन ।

    copied:onlinekhaber

    Leave a Reply