सुदूरपश्चिम सरकारले खरिद गर्ने अक्सिजन सिलिण्डरका लागि परेन टेण्डर

  • ३ जेष्ठ २०७८, सोमबार १५:१६ मा प्रकाशित
  • sf7df8f}+ j};fv #) /f;; jfnfh’df cf}wf]uLs leq/x]sf] ;+s/ clS;hg Uof; pBf]udf jf6 Uof; l;/lkmn u/]/ /flvPsf] l;lnG8/ . t:jL/M k|bLk/fh jGt,/f;;

    सुदूरपश्चिम प्रदेश सरकारले खरिद गर्न लागेको अक्सिजन सिलिण्डरका लागि कसैको पनि टेण्डर परेको छैन।

    मन्त्रालयका सचिव रघुराम विष्टले डेढ हप्ताअघि सिलिण्डर खरिदका दागि आह्वान गरिएकोमा टेण्डर नपरेको बताए।

    मन्त्रालयले एन्टिजेन किट र अक्सिजन कन्सन्ट्रेटरका लागि आह्वान गरेको टेण्डरमा भने सम्झौता भइसके पनि सामग्री आउन ढिलाइ भएको छ। 

    टेण्डर सम्झैता भएको एक हप्तामा दिन्छु भनेको कन्सन्ट्रेटर १७ दिन पुग्दा ठेक्का पाएको कम्पनीले दिन नसकेको मन्त्रालयले जनाएको छ। 

    यस्तै, एन्टिजेन किटका लागि पनि सम्झौता भएको दश दिन बित्दा पनि उपल्ब्ध गराउन नसकेको मन्त्रालयले जनाएको छ।

    २० हजार एन्टिजेन किट ल्याउन मन्त्रालयले प्रयास गरेको छ।

    copied:setopati

    Leave a Reply