माधव समूहको राजीनामा रोकियो, प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

  • २७ बैशाख २०७८, सोमबार ११:२७ मा प्रकाशित
  • काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले राजीनामा नदिने भएको छ। उसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने भएको छ।

    राजीनामा दिन संसद सचिवालय सिंहदरबारमा पुगेको माधव नेपाल समूहले तत्काल राजीनामा नदिने र संसद बैठकमा भने उपस्थित हुने निर्णय गरेको उक्त समूहका नेता भीम रावलले जानकारी दिए।

    Leave a Reply