भूकम्पले क्षति : १५ घर भत्किए, चार जना घाइते

  • ६ जेष्ठ २०७८, बिहीबार ०१:५९ मा प्रकाशित

  • पोखरा । 
    आज बुधबार बिहान लमजुङको भुलभुले केन्द्र विन्दु बनाएर दुई पटक भूकम्प जाँदा चार जना घाइते भएका छन् । भूकम्पमा परी १५ वटा घर भत्किएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार लमजुङ मर्स्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएका छन् । अर्का दुई जना घाइतेको नाम खुलेको छैन ।

    जिल्ला प्रहरी कार्यालय लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म १५ घर भत्केको जानकारी प्राप्त भएको छ । 

    घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले बताए । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । गाउँमा कच्ची घर भएकोले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको उनले बताए ।

    आज बिहान लमजुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ः४२ बजे ५.८ र ८ः२६ बजे ५.३ म्याग्नीच्युडको भूकम्प गएको थियो । 

    भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले जानकारी दिए । उनका अनुसार भूकम्प आएलगत्तै स्थानीय डरले भागाभाग गरेका थिए । फेरि पनि धक्का आउने आशंकामा कतिपय घर बाहिरै बसेको देखिन्छन् ।

    भूकम्पले माटोले बनेका पुराना घरहरु भत्किएको, चर्किएको भन्ने सूचना आए पनि त्यसबाट मानवीय क्षति भएको खबर भने नआएको गुरुङले जानकारी दिए ।

    ‘अहिले हामी पनि विवरण संकलन गर्दैछौं’ उनले भने, ‘पुराना घरहरु भत्किएको बाहेक थप क्षतिको विवरण आइसकेको छैन । भूकम्प ठूलो आएकोले यसले कति मानवीय क्षति पुर्यायो कि पु¥याएन भन्ने बारेमा यकिन जानकारी आइसकेको छैन ।’

    आज गएको दुवै भूकम्पको धक्का लमजुङ, गोरखा, तनहूँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, गुल्मी, चितवन, धादिङ, नुवाकोट, रसुवा, पाल्पाका केही भूभाग र काठमाडौं उपत्यकासम्म महसूस भएको बताइएको छ ।  

    तस्वीरहरु

    श्रोत gandki voice

    Leave a Reply