प्रहरी माथि माछा व्यापारिको आक्रमण ,तिन प्रहरी घाईते , आक्रमणमा संलग्न केहि पक्राउ

  • ८ जेष्ठ २०७८, शनिबार २२:३४ मा प्रकाशित
  • वीरगन्ज ८ जेठ : वीरगंजमा जारी निषेधाज्ञालाई अवज्ञा गर्दै मुर्ली पोखरीमा माछा बेच्ने व्यपारीहरुले प्रहरीलाई कुटपिट गरी घाईते बनाएका छन ।

    शुक्रबार साँझ व्यापारीको कुटपिटबाट प्रहरी जवान अरबिन्दर कुशवाहा, सिकेन्द्र साह र देवीलाल साह घाईते भएका छन ।

    व्यपारिको कुटपिटबाट प्रहरी जवान कुशवाहा गम्भिर घाईते भएका छन । घाईते प्रहरीको तराई हस्पिटलमा उपचार पश्चात वडा प्रहरी कार्यालयमा राखिएको श्रीपुरका प्रहरी निरिक्षक दिनेश गौतमले जानकारी दिनुभयो ।

    कुटपिटमा संग्लन भएको आरोपमा प्रहरीले दुई स्थानिय सहित १०जना व्यपारीलाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

    उहाँले घटनाबारे अनुशन्धान भईरहेको र दोषीमाथि हदै सम्मको कारवाही गर्ने जानकारी दिुनभयो । शुक्रबार साँझ प्रहरीले भिडभाड नगर्न व्यपारीलाई सम्झाउदा उल्टै उनीहरु प्रहरीमाथि ढुङ्गामुडा गर्न थालेका थिए ।

    थौरे संख्यामा रहेका प्रहरीमाथि व्यपारिहरु एक्कासी आक्रमण गर्न थालेपछि स्थानियहरु प्नि प्रहरी माथि जाईलागेका थिए ।

    Leave a Reply