कुवेतमा एक वर्षपछि कम्पनी बदल्न पाइने

  • २३ बैशाख २०७८, बिहीबार २१:३७ मा प्रकाशित

  • कुवेत । कुवेत सरकारले आप्रवासी श्रमिकप्रति उद्दार नीति अपनाएको छ। रोजगारीको लागि कुवेत आउने श्रमिकले कम्पनी मन नपरे परिवर्तन गर्न पाउने नीति पारित गरेको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक अहमद अल–मोउसाले यही वर्षदेखि लागु हुनेगरी नयाँ नियम पारित गरेका छन्।

    यस सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अल–माउसाले भने, ‘काम परिवर्तन गर्न कम्तिमा एक वर्ष आएको कम्पनीमा काम गरेको हुनुपर्छ। यसरी काम परिवर्तन गर्दा स्पन्सर तथा कम्पनीको स्विकृति अनिवार्य हुनेछ।

    अहिलेको कोरोना कहरका कारण कुवेतको लेबर मार्केटमा भएको कामदार अभाब पुर्ती गर्नको लागि यो नियम लागू गरिने भएको हो।अर्को सुचना प्रकाशित नभए सम्म यो नियम लागु हुनेछ भने यो नियम कुवेतको संगठित क्षेत्र(भिसा नं-१८)मा आएका कामदारको हकमा मात्र लागू हुनेछ।

    साभार : निरेम अपडेट

    Leave a Reply