NRNA मध्यपूर्वले ६ सय अक्सिजन सिलिंडर नेपाल पठाउने

  • २८ बैशाख २०७८, मंगलवार ००:५७ मा प्रकाशित
  • गैर आवासीय नेपाली संघ मध्यपूर्वले १० मेई २०२१ क दिन एक  पत्रकार सम्मेलन गरि कोरोना महामारीका कारण अक्सिजन अभावमा कोरोना संक्रमितको ज्यान नगुमोस भन्ने उदेश्यले ६०० वटा अक्सिजन सिलिन्डर नेपाल पठाउने जानकारी गराएका छन् |
    गैर आवासीय नेपाली संघ मध्यपूर्वको कार्य योजना र ओमान स्थित रहेको नेपाली दूतावासको कुटनीतिक सहयोगमा ४० लिटर क्षमताको ६०० वटा अक्सिजन सिलिन्डर र सोहि मात्रामा रेगुलेटर बढीमा एक साता भित्रमा नेपाल पठाउने गैर आवासीय नेपाली संघका सचिव आर के शर्माले जानकारी दिनु भएको छ | उहाँका अनुसार उक्त अक्सिजन सिलिन्डर नेपाल सम्म पुर्याउन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद  ओमानका अध्यक्ष विकल झा र आईसीसी प्रवक्ता डी बि क्षेत्रीले व्यवस्थापन तथा समन्वय गरिरहनु भएको  छ | 
    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ओमानका अध्यक्ष विकल झाका अनुसार ५५० वटा अक्सिजन सिलिन्डर अहिले उपलब्ध रहेको र कागजी कामकारबाहीका लागि नेपाली दूतावास ओमानले सहयोग गरिरहेको छ | उनका अनुसार उक्त सिलिन्डर सबै कानुनी प्रक्रिया पुरा गरि एक साता भित्र नेपाल पठाई सकिने छ |
    संघका सल्लाहकार टि बि क्षेत्रीले करिब एक लाख अमेरिकी डलर लागत रहेको उक्त सिलिन्डर नेपाल सरकारको रोहबरमा अति आवश्यक रहेको सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरुलाई वितरण गरिने छ  भने अति प्रभावित क्षेत्र र विशेषत: स्वास्थ्य चौकीहरुलाई प्राथमिकतामा राखी सिलिन्डर वितरण गरिने बताउनु भएको छ |
    जानकारी दिने क्रममा मध्यपूर्व सहसंयोजक मनोज श्रेष्ठका अनुसार नेपाल पठाउने अक्सिजन सिलिन्डरको लागि लाग्ने लागत रकम मध्यपूर्वका राष्ट्रिय समन्वय परिषदहरु र मध्यपूर्वमा कार्यरत गैर आवासीय नेपालीहरु बाट संकलन गरिने छ | हाल सम्ममा राष्ट्रिय समन्वय परिषदहरु साउदीले ५ लाख ५० हजार, बह्राईनले ६ लाख, ओमानले ३ लाख, कतारले ७ लाख, कुवेतले २ लाख र यूएईले २ लाख रुपैयाँको प्रतिवद्धता जनाईएको छ  भने रकम अपुग रहेमा थप रकम राष्ट्रिय समन्वय परिषदहरुले  उपलब्ध गरिने वचन प्राप्त भएको  छ |

    कार्यक्रममा मध्य पूर्व सहसंयोजक राजेन्द्र अर्यालले स्वदेशमा नेपाली दाजु भाई दिदीबहिहरू उपचारको क्रममा अक्सिजन अभावको कारण मृत्यु शैय्यामा छट्पटिँदै गरेको दर्दनाक घटनाहरूले जो कोहीको मनमा पिडा हुने भन्दै अक्सिजनकै अभावका कारण कसैले मृत्युवरण नगरोस भन्ने उदेश्यले अक्सिजन सिलिण्डर नेपाल पठाउन लागेको जनाउनु भएको छ भने उहाँले यस पुण्यको कार्यमा सहभागी भई आ-आफ्नो क्षमता अनुसार सक्दो सहयोग गर्न मध्य पूर्वमा कार्यरत श्रमिक दाजु भाई दिदीबहिनीहरू, सामाजिक संघ संस्थाहरू र सम्बन्धित संघ संस्थाहरूमा आवद्ध सामाजिक अभियान्तहरूलाई अपिल गर्नु भएको छ।
    मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालको संचालन र मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको सभापतित्व रहेको उक्त कार्यक्रममा अतिथिको रुपमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव आर के शर्मा, प्रवक्ता डी बि क्षेत्री, सल्लाहकार टि बि कार्की लगायत क्षेत्रीय पदाधिकारीहरु, राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरु र विभिन्न संचार क्षेत्रमा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो |

    Leave a Reply