रिट निवेदनमा सनाखत गर्न १४६ सांसदको सर्वोच्चमा लाइन

  • १० जेष्ठ २०७८, सोमबार १५:११ मा प्रकाशित
  • आफूहरूले समर्थन गरेका नेपाली कांग्रेसका सांसद शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त नगरेको उल्टै प्रतिनिधि सभा विघटन गरेको विरोधमा विपक्षी गठबन्धनका सांसद अहिले सर्वोच्च अदालतमा रिट हाल्न गएका छन्।

    रिट निवेदनमा सनाखत गर्न १४६ सांसद अहिले सर्वोच्च अदालत परिसरमा लाइन लागेका छन्।

    नेकपा एमालेका सांसद झपट रावलले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न १४६ सांसदले हस्ताक्षर गरेको र उनीहरू अहिले आफ्नो सनाखत गर्न सर्वोच्चमा लाइन लागेको बताए।

    तस्बिरहरू: निशा भण्डारी/शोभा शर्मा

    copied:setopati

    Leave a Reply