जनताका हक र अधिकारमाथि प्रतिक्रियावादीबाट प्रहार भइरहेको छ: प्रचण्ड

  • ३१ बैशाख २०७८, शुक्रबार ०९:१२ मा प्रकाशित
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका हक र अधिकारमाथि प्रतिक्रियावादीहरूबाट प्रहार भइरहेको बताएका छन्।

    जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएका हक र अधिकारमाथि प्रतिक्रियावादीबाट प्रहार भइरहेको उनको भनाइ छ।

    परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरूद्ध एकतावद्ध र सचेत भई संघर्षमा उत्रन पनि उनले आह्वान गरेका छन्।

    आज मुश्लिम समुदायको चाड इद–उल–फित्रको अवसरमा उनले शुभकामना सन्देश जारी गर्दै उक्त कुरा उल्लेख गरेका हुन्। 

    उनले भनेका छन्, ‘इद–उल–फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा यसको भिन्नै मौलिक पहिचान रहेको छ। यही मौलिक पहिचानका कारण नेपाली जनसमुदायका बीचमा सदियौंदेखि सहिष्णुता र राष्ट्रिय एकताको भावना जागृत भएको हो। बहुधर्म र बहुसँस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेको छ।’

    साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन्।

    copied:setopati

    ‘अहिले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियाहरुबाट प्रहार भइरहेको छ। परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आव्हान गर्दछु,’ उनले भनेका छन्। 

    Leave a Reply