चर्को घाममा कोरोना खोप लगाउनेको लाइन

  • २ जेष्ठ २०७८, आईतवार १३:५२ मा प्रकाशित
  • २ जेठ, काठमाडौं । चीनमा विकास भएको कोरोना भाइरसविरुद्धको खोप भेरोलेस आइतबारदेखि काठमाडौं जिल्लामा लगाउन थालिएको छ ।
    जेठ ११ गतेसम्म चल्ने खोप अभियानमा चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरू सहभागी हुन सक्ने वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    आइतबार काठमाडौं महानगरपालिकाको ३३ वटै वडामा खोप लगाइएको छ । वडाभित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।
    काठमाडौंको मध्य वानेश्वरमा चिनियाँ खोप लगाउनेहरुको लामो लाइन देखिएको छ । यहाँको एक पार्टी प्यालेसमा खोप केन्द्र तोकिएको छ र मानिसहरु खोप केन्द्रबाहिर लामो लाइनमा छन् ।
    काठमाडौंमा निषेधाज्ञा र चर्को घाम भए पनि मानिसहरु खोप लगाउन लाइन बसिरहेका छन् । लाइनमा बस्नेहरुले मास्क लगाएका छन् । एक अर्काबीच लामो दूरी कायम गरेका छन् ।

    Leave a Reply