घरमै मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापन गर्न समस्या

  • २२ बैशाख २०७८, बुधबार १८:५८ मा प्रकाशित
  • घरमै मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थावन गर्न समस्या देखिएको छ। 

    धनगढी उपमहानगरपालिकाकी एक कोरोना संक्रमित महिलाको बिहीबार घरमै मृत्यु भयो। उनका छोरा पनि संक्रमित भएर सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत छन्।

    मृत्यु भएकी महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनालाई खबर गरियो। 

    सेनाको टोली शव उठाउन पुग्यो तर शव व्यवस्थापन कार्यविधि अनुसार प्रहरीको मुचुल्का चाहिने भएपछि सेना फर्कियो। 
    मृतकका आफन्तले प्रहरीलाई मुचुल्का बनाइदिन आग्रह गरे।

    प्रहरीले कोरोना संक्रमित भएर मृत्यु भएकाको शव व्यवस्थापन कार्यविधि अनुसार नेपाली सेनाले गर्ने भएकाले आफ्नो भूमिका नरहेको बतायो। 

    मृतकका आफन्तले धनगढीका मेयर नृपबहादुर वडलाई शव व्यवस्थापन गर्न समस्या आएकोबारे खबर गरे। मेयर वडले प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई सहयोग गर्न आग्रह गरे।

    ‘आर्मीले प्रहरीको मुचुल्का मागेको रहेछ, मेयरबाट खबर आएपछि जिल्ला कोभिड व्यवस्थापन समितिलाई चिठी दिनुपर्ने र डिसिसिएमसीको बोधार्थ आर्मीलाई गएपछि शव व्यवस्थान आर्मीले नै गर्छ,’ उनले भने।

    कोभिड लागेर बितेको मान्छेलाई आफन्तले पनि सद्गत गर्न सक्ने उनले बताए। मास्क, पिपिई, ग्लब्स लगाएर शवलाई प्लास्टिकले बेरेर सदगत गर्न सकिने उनले बताए।

    मृतकका आफन्तले भने संक्रमितको व्यवस्थापनमा सरकारले स्पष्ट कार्यविधि ल्याएर सहयोग गर्न आग्रह गरेका छन्।

    copied:setopati

    Leave a Reply