
सरकारले कोरोना भाइरसको संक्रमणविरूद्ध लड्न थप कानुनी संरचना आवश्यक रहेको ठहर गरेको छ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा बसेको सिसिएमसीको बैठकले संक्रमणविरूद्ध लड्न थप कानुनी संरचनाहरू आवश्यक रहेको निश्कर्ष निकालेको हो।
छलफलमा सहभागी रहेका पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले संक्रामक रोग ऐन २०२० को प्रावधानले मात्र नपुग्ने भएर त्यसमा आवश्यक तयारी गर्नका लागि कानुन मन्त्रालय र अरू सम्बद्ध निकायलाई निर्देशन दिइएको जानकारी दिए।
साथै, अक्सिजन प्लान्ट, कन्सन्ट्रेटर, सिलिण्डर र खोपको तत्काल आपूर्तिका लागि सम्बन्धित निकायहरूलाई तदारूकताका साथ काम गर्न निर्देशन पनि दिइएको ज्ञवालीले जनाए।
copied:setopati

