काठमाडौंमा १८०६ संक्रमित थपिए

  • १० जेष्ठ २०७८, सोमबार १६:३५ मा प्रकाशित
  • पछिल्लो २४ घण्टामा काठमाडौंमा १८०६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २९८ र ललितपुरमा ६८१ जनामा संक्रमण पुष्टि भएको छ । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर भने पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको छ । 
    यस्तै पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ । 
    यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । 
    हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमितमध्ये ७ हजार १३५ जना निको भएका थिए । 
     

    Leave a Reply