
५ वैशाख, काठमाडौं । कोरोना महामारीबाट अति प्रभावित स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न विद्यालयहरुलाई निर्देशन दिन थालेका छन् । महामारीका कारण विद्यालय तहको वार्षिक परीक्षा भौतिक रुपमा सञ्चालन गर्न सम्भव नहुने भएपछि स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न निर्देशन दिन थालेका हुन् ।
आइतबार काठमाडौं महानगरपालिका, सोमबार इलाम नगरपालिकाले र मंगलबार पोखरा महानगरपालिकाले पाठ्यक्रमले व्यवस्था गरे बमोजिम विद्यालय अनुकूल उपयुक्त मूल्यांकन प्रक्रिया अपनाइ जेठ मसान्तसम्म नतिजा प्रकाशन गर्न निर्देशन दिएका छन् ।
बढ्दो कोरोना संक्रमणका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने सम्भावना कम हुँदै गएपछि स्थानीय तहहरुले आफ्नो अधिकार प्रयोग गर्दै कक्षा ८ बाहेकका विद्यार्थीको आन्तरिक मूल्यांकनबाटै नतिजा प्रकाशन गर्न निर्देशन दिएका हुन् ।
काठमाडौं महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले सूचना जारी गर्दै कक्षा ८ बाहेकको परीक्षा विद्यालय अनुकूल उपयुक्त मूल्यांकन प्रक्रिया (अनलाइन परीक्षा, अफलाइन परीक्षा, यसै शैक्षिक सत्रमा सञ्चालित टर्मिनल परीक्षा, टेलिफोन निरन्तर विद्यार्थी मूल्यांकन, इमेलबाट प्रश्न पठाएर वा अन्य उपयुक्त ढाँचा)बाट परीक्षा सम्पन्न गराउन सक्ने सुझाव दिएका छन् । असार पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने÷गराउने गरी व्यवस्था मिलाउन पनि महानगरपालिकाले निर्देशन दिएको छ ।
यस्तै इलाम नगरपालिकाले शैक्षिक सत्रमा सञ्चालन भएको त्रैमासिक परीक्षा, निरन्तर विद्यार्थी मूल्यांकनलाई आधार मानी वा अन्य वैकल्पिक प्रक्रियाबाट मूल्यांकन गर्न भनेको छ । यसैगरी पोखरा महानगरपालिकाले पनि शैक्षिक सत्रमा सञ्चालन भएको त्रैमासिक, अर्धवार्षिक एवं आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन गरी वार्षिक नतिजा प्रकाशन गर्न शिक्षा महाशाखा प्रमुख होमप्रसाद आचार्यले निर्देशन दिएका छन् ।
काठमाडौं महानगरले तोक्यो कक्षा ८ को वार्षिक मूल्यांकन विधि
काठमाडौं महानगरपालिकाले कक्षा ८ को शैक्षिक सत्र २०७७ को वार्षिक मूल्यांकन विधि तोकेको छ ।
कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नहुने भन्दै पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधि अपनाइ २० प्रतिशत मूल्यांकन सम्पन्न गर्न निर्देशन दिएको छ ।
शिक्षा अधिकारी रामप्रसाद सुवेदीले सूचना जारी गर्दै जेठ २५ गतेभित्र केएमसीडीओई डट ओआरजे (kmcdoe.org) मा विद्यार्थीको विषयगत मूल्यांकन विवरण प्रविष्ट गर्न निर्देशन दिएका छन् ।
महानगरपालिकाले यसअघि अन्य कक्षाको विद्यार्थीको पनि विभिन्न विधिबाट मूल्यांकन गरी जेठ मसान्तभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिइसकेको छ ।


I think there is no way out this time.
corold 7802dec3d1 https://marketplace.visualstudio.com/items?itemName=forever10.F-E-A-R-Game-Torrent