“अपन राधेमाई युवा क्लव”द्वारा राहत बितरण शुरू।

  • १३ जेष्ठ २०७८, बिहीबार २०:२८ मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज

    जेठ १३ । “अपन राधेमाई युवा क्लव” द्वारा गरीब, असाहाय, नीमुठा,ज्याला मजदुरी गरी कमाएर खाने जस्ता नागरिकहरुको लागि राहत वितरण अभियान आज बाट सुरु भएको क्लबका अध्यक्ष पवन यादवले बताएको छन।

    एड् फोर लिभिङ लाइफ संग समन्वय गरी अपन राधेमाई युवा क्लव ले आज एकै दिन १० जना लाई राहत वितरण गरियो।

    राहत सामग्रीमा २५ केजी चामल,१ लिटर तेल, १पकेट नून,३पिस डेटोल साबुन,२००ग्राम सोयाबिन,२ केजी दाल,१ केजी चना र मास्क पनि वितरण गरिएको छ।


    “हुने ले दिएर जाऔं न हुनेले लिएर जाऔं” मिसन लिएर निरन्तर यस क्लवले अगाडि बढ्ने क्लबको अध्यक्ष यादवले बताउनु भयो।

    बढ्दो दोस्रो निषेधाज्ञा का कारण गरिब, असहाय, दैनिक ज्यालाँ दारी मा काम गर्ने हरू लाइ खाध्न्न सामाग्रीहरुको मार्का परेको हुनाले हिजो पहिलो दिन २ घर र दोस्रो दिन ” अपन राधेमाई युवा क्लब ” रानीघाट, राधेमाई, लगायत गरि ८ घरमा राहत वितरण गरेका छ।

    हाम्रो क्लब का लागि घरको स्तम्भ जस्तो खडा उभिदिनू हुनको लागि ( Aid for living life) लाई हृदय देखि नै धन्यवाद भने कुरा क्लबका अध्यक्ष यादवले दिएको जनकारी गराएको छन।

    Leave a Reply