अक्सिजन सिलिन्डर लिन उद्योगमै लाइन !

  • २४ बैशाख २०७८, शुक्रबार १५:४५ मा प्रकाशित
  • २४ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको गम्भीर विरामी बढेसँगै पछिल्लो समय अक्सिजन सिलिन्डरको माग निकै बढेको छ ।

    अस्पतालमा उपचाररत धेरै बिरामीलाई अक्सिजन सपोर्टमा उपचार गर्नुपरेको छ भने होम आइसोलेसनमा बसेका पनि कतिपयले घरमै अक्सिजन व्यवस्था गरेका छन् ।

    कतिपयले भविष्यमा बिरामी पर्दा अक्सिजन अभाव हुने डरले पनि अक्सिजन सिलिन्डर राख्ने गरेको पनि पाइएको छ ।

    त्यसैले पछिल्लो समयमा अक्सिजन उद्योगमै गएर सिलिन्डर खरिद गर्नेमा र खाली सिलिन्डर भर्नेमा अस्पताल मात्र नभई सर्वसाधारण पनि थपिएका छन् । शुक्रबार बालाजुस्थित शंकर अक्सिजन ग्यास उद्योगमा पुग्दा धेरै गाडीहरु लामवद्ध थिए ।

    ती गाडी खाली अक्सिजन सिलिन्डर लिएर ग्यास भर्न आएका थिए । त्यस्तै मोटरसाइकल र पैदल हिँडेर आएका सर्वसाधारण पनि हातमा अक्सिजन सिलिन्डर बोकिरहेका देखिन्थे ।

    हेर्नुहोस तस्वीरहरु

    copied:onlinekhaber

    Leave a Reply