
जेष्ठ १३ बीरगंज ।
पर्सा जिल्ला को जिराभवनी गाऊँपालिका वार्ड नम्बर २ सेड़वा को सुकुमबासी मुसहर बस्ती को गरीब बिउतपन्न दलित ६०घर परिवारलाई प्रति परिवार चामल २५ किलो, पीठो ५किलो, मसूर दाल ३ किलो, चन्ना १किलो,स्वाबिन १किलो, खाने तेल १लीटर, नुन १किलो,नुहाउने र लुगाधूने साबुन ५पीस, र मास्क १० पीस का दरले आवर संसार नेपाल नामक संस्थाको कोडीनेटर मुकेश साह संग समन्वय ग़री समाजिक अभियन्ता प्रकाश थारूले बितरण गर्नु भएको छन।
राहत बितरण कार्यक्रममा शास्त्र प्रहरी बल बोडर आउट पोस्ट महादेवपट्टीको प्रमुख सस्त्र प्र नी केदार राई तथा स्थानीय भद्रभलादमी हरुको रोहबरोह मा सामान बितरण गरिएको छ।

