नबिल बैंकले युनाइटेड फाइनान्ससँग गर्‍यो एक्वीजिसन सम्झौता, यस्तो छ स्वाप रेसियो

  • १७ बैशाख २०७८, शुक्रबार १६:१३ मा प्रकाशित
  • नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वीजिसन गर्ने सहमति भएको छ। आज दुवै पक्षबीच एक्वीजिसन सम्वन्धी सम्झौता आदानप्रदान भएको छ। 

    युनाइटेड फाइनान्स राष्ट्र बैंकबाट ग वर्गको सम्वन्धनप्राप्त वित्तीय संस्था हो। 

    ‘आज भर्खर एमओयू साइन भएको छ, स्वीकृतिका लागि राष्ट्र बैंकमा आइतबार जान्छौं’ नबिल बैंकका सिइओ अनिलकेशरी शाहले सेतोपाटीसँग भने ‘राष्ट्र बैंकबाट स्वीकृति आएपछि सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डिडिए)को प्रक्रिया अघि बढ्छ।’

    प्रारम्भिक सम्झौता अनुसार युनाइटेडको स्वाप रेसियो ३५ हुने भएको छ। अर्थात नबिलले युनाइटेडलाई एक्वीजिसन गरेपछि हाल युनाइटेडको १ सय सेयर हुनेले एक्वीजिसनपछि ३५ कित्ता सेयर पाउने छन्। 

    बिहीबार बजार बन्द हुँदा नबिलको मूल्य प्रतिकित्ता १२७० रुपैयाँ छ भने युनाइटेडको ४२३ रुपैयाँ छ। 

    क्रस होल्डिङका कारण युनाइटेडसँग एक्वीजिसन गर्न नबिललाई दवाव परेको भनिए पनि हाल त्यस्तो अवस्था नरहेको शाहको दावी छ। ‘कुनै दवाव थिएन, हामीले राम्रो अवस्था देख्यौं र एक्वीजिसनका लागि सम्झौता पनि गर्यौं’ उनले भने। 

    copied:seetopati

    Leave a Reply