सबै अस्पतालले बेड संख्याका आधारमा अक्सिजन सिलिन्डर किन्नुपर्ने, पैसा मन्त्रालयले दिने

  • १२ बैशाख २०७८, आईतवार १९:४१ मा प्रकाशित
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेड संख्याका आधारमा सबै अस्पतालहरूले अक्सिजन सिलिन्डर व्यवस्थापन गर्नुपर्ने जनाएको छ।

    त्यसका लागि बेड संख्या अनुसार अस्पतालले व्यवस्थापन गर्नुपर्ने सिलिन्डरको संख्या मन्त्रालयले निर्धारण गरेको छ। 

    जसअनुसार २५ देखि ५० बेडको अस्पतालले २० वटा, १०० बेडको अस्पतालले ३५ वटा, २०० बेडको अस्पतालले ५० वटा र सबै मेडिकल कलेज वा ५०० बेडको अस्पतालले कम्तिमा १०० वटा अक्सिजन सिलिन्डर व्यवस्थापन गर्नुपर्ने भएको छ।

    ती अस्पतालले सिलिन्डर खरिद गरेको रकम मन्त्रालयले नै सोधभर्ना गर्ने प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाए। एउटा सिलिन्डरवापत अस्पतालले २० हजार पाउने उनले बताए। रकम त्यो भन्दा बढ्न गएमा मन्त्रालयले त्यसबारे बुझ्ने र सहमतिका आधारमा सोधभर्ना गर्ने गौतमले जनाए। 

    यस्तै मन्त्रालयले तत्काल २० हजार ठूला अक्सिजन सिलिन्डर ल्याउने गरी तयारी अगाडि बढाएको छ। त्यसका लागि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई लेखी पठाइएको गौतमले बताए। 

    पछिल्लो समय संक्रमण दर तीब्र फैलिएपछि जटिल अवस्थाका संक्रमितलाई अक्सिजन अभाव नहोस् भनेर सरकारले सो तयारी गरेको हो।

    copied:setopati

    Leave a Reply