विदेश जानेहरूले अब ‘ए’ वर्गको प्रयोगशालाबाट पिसिआर परीक्षण गर्नुपर्ने

  • १५ बैशाख २०७८, बुधबार १७:५५ मा प्रकाशित

  • विदेश जानेहरूले अब सरकारले तोकिएका ‘ए’ वर्गको प्रयोगशालाबाट मात्रै पिसिआर परीक्षण गराउनुपर्ने भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले सूचना जारी गर्दै यस्तो जानकारी गराका हुन्।
    ‘कोभिड-१९ को पिसिआर विदेश जाने प्रयोजनका हकमा सबै सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालमा आधारित ‘ए’ वर्गका प्रयोगशालाबाट मात्र परीक्षण हुनेछ,’ जारी सूचनामा भनिएको छ।
    त्यस्तै, ती प्रयोगशालाबाट प्राप्त रिपोर्ट नाकामै हेर्न मिल्ने गरी उपलब्ध हुनुपर्ने मन्त्रालयले जनाएको छ।
    मन्त्रालयले सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आईएमयू अनलाईन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरि उपलब्ध गराईएको रिपोर्ट मात्रै मान्य हुने जनाएको हो।
    कुन कुन हुन् ‘ए’ वर्गका प्रयोगशाला?
    कोभिड परीक्षण गर्ने सबै सरकारी अस्पताल तथा प्रयोगशाला

    स्टार हस्पिटल:   सानेपा हाइट, ललितपुर

    नेपाल मेडिसिटी हस्पिटल: नख्खु, ललितपुर

    मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिभिङ अस्पताल: स्वयम्भू, काठमाडौं

    युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस एन्ड टिचिङ अस्पताल: भैरवहा, रूपन्देही

    ह्याम्स अस्पतालः मण्डिखाटार, काठमाडौं

    Leave a Reply