राष्ट्रपतिज्यू मकहाँ आउनु भयो, खुसी लाग्यो: झलनाथ खनाल

  • २१ चैत्र २०७७, शनिबार २०:३३ मा प्रकाशित
  • नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई भेट्न आएकोमा खुसी व्यक्त गरेका छन्।

    ‘राष्ट्रपतिज्यू मकहाँ आज आउनुभयो, मलाई बडो खुसी लागेको छ। मैले उहाँलाई हार्दिक स्वागत गरें। परिवारको तर्फबाट पनि स्वागत गरेको छु,’ शनिबार भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै उनले भने,राष्ट्रपतिज्यू यसै पनि सिंगो राष्ट्रको अभिभावक। हाम्रो संविधानको परिपालक। एउटा सम्मानित लोकतन्त्र, गणतन्त्रको पनि अभिभावक हो।’ 

    पार्टीका पहिलेका नेताको हिसाबले आफूलाई सम्झेर भेट्न आएको भन्दै उनले खुसी साटे।

    ‘पार्टीका पहिलेका नेतालाई सम्झँदै मकहाँ आउनु भयो। मलाई बडो खुसी लागेको छ,’ उनले भने।

    आज दिउँसो राष्ट्रपति झलनाथ खनाललाई भेट्न उनको निवास डल्लुमा गएकी थिइन्।उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको स्रोतले जानकारी दियो।

    copied:setopati

    Leave a Reply