देउवाले बोलाए तीन दलको बैठक

  • २६ चैत्र २०७७, बिहीबार २०:०८ मा प्रकाशित
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन्।

    देउवा निवास बुढानिलकण्ठमा शुक्रबार अपरान्ह ३ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीलाई बताए।

    एमालेबाहेक अरू दललाई बैठकमा बोलाइएको छ। नेकपा माओवादी केन्द्र, कांग्रेस र जसपालाई बैठकमा बोलाइएको हो।

    कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो।

    शुक्रबारको बैठक नयाँ सरकार बनाउनेबारे केन्द्रित हुने कांग्रेसका एक नेताले बताए।

    copied:setopati

    Leave a Reply