खाल्डोमा ८७ किलो गाँजा लुकाउने दुई पक्राउ

  • २२ चैत्र २०७७, आईतवार २१:१६ मा प्रकाशित
  • सुनसरी कोशी गाउँपालिका-४ कोशीबाट प्रहरीले दुई जनालाई ८७ किलो गाँजा सहित पक्राउ गरेको छ।

    कटानदेखि ५०० मिटर पश्चिम सडक छेउ बाँस झाङमा बालुवाको थुप्रोमा खाल्डो बनाएर गाँजा लुकाइराखेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

    तीन वटा प्लाष्टिकको बोरामा २९ किलोको दरले जम्मा ८७ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।

    पक्राउ पर्नेमा कोशी-६ श्रीपुर बस्ने उदयकुमार मुखिया र भक्ति भन्ने बिहारी मुखिया छन्।

    उनीहरूले भारतमा तस्करी गरी लैजाँदै छन् भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो।सो टोलीले उनीहरूलाई शनिबार पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

    copied: setopati

    Leave a Reply