
मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ।
वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा उनका श्रीमती हस्तमायाको मृत्यु भएको हो।
साथै उक्त आगलागीमा परेर उनको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको छ।
जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको बताइएको छ।

