भारतको भयावह अवस्था : जहाँ हेर्‍यो शव र एम्बुलेन्स मात्र देखिन्छन् (फोटोफिचर)

  • ११ बैशाख २०७८, शनिबार १९:१९ मा प्रकाशित
  • भारतमा विगत केही दिनदेखि दैनिक ३ लाखभन्दा धेरै कोरोना संक्रमित भेटिइरहेका छन्, यो विश्वकै उच्च रेकर्ड हो । अस्पतालहरुमा बिरामीलाई बेड पाउन मुस्किल छ । संक्रमितसँगै मृतकको संख्या पनि बढिरहेको छ । जसकारण, दिल्ली र मुम्बईका मसानघाटहरुमा शव जलाउने ठाउँ पाउन पनि मुस्किल छ । भारतमा पछिल्लो समय दैनिक २ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । शुक्रबार यहाँ २६ सय जनाको मृत्यु भयो । कोरोनाका कारण सिर्जित त्रासदीपूर्ण अवस्थालाई यी तस्विरहरूले वर्णन गर्छन् ।
    नयाँ दिल्लीमा कोरोना भाइरसका कारण मृत्यु भएका मानिसहरुको सामुहिक अन्त्येष्टी गरिँदै । 


    नयाँ दिल्लीमा कोरोना भाइरसबाट मृत्यु भएकी एक महिलाको शव अंकमाल गर्दै आफन्त । 


    नयाँ दिल्लीमा पिपिई लगाएर एक पुरुषको अन्त्येष्टिमा सहभागी भएका मानिसहरु ।


    कोरोना भाइरसले मृत्यु भएका मानिसको शव अगाडि शोकमा रहेका पिपिई लगाएका  आफन्त । 


    पिपिई लगाएका स्वास्थकर्मी र आफन्तहरु एक पुरुषको शरीरलाई दाहसंस्कारका लागि लैजाँदै 


    कोरोनाबाट मृत्यु भएका मानिसहरुको सामुहिक अन्त्येष्टी गरिँदै ।


    मुम्बईमा एक फ्रन्टलाइन वर्कर एक पुरुषको जलिरहेको शवमा प्रज्वलन शिल पदार्थ खन्याउँदै, यी पुरुषको कोरोनाका कारण निधन भएको थियो । 

    Leave a Reply