बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

  • २ बैशाख २०७८, बिहीबार १२:०१ मा प्रकाशित
  • देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । वैशाख ६ र ७ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    कोरोना भाइरस (कोभिड—१९) संक्रमणको उच्च जोखिम रहेकोले स्वास्थ्य सुरक्षा अपनाएर घर नजिकैको वितरण केन्द्रबाट राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।  
    वितरण केन्द्रमा भिडभाड नगर्ने ।
    —कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्ने ।
    —आफनो र बालबालिकाको सुरक्षाको लागि अनिवार्य रुपमा मास्कको सही तरिकाले प्रयोग गर्ने । 
    —साबुनपानीले हात धुने वा सेनिटाइजरले हात सफा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । 

    Leave a Reply