नयाँ बसपार्कको होटेलमा युवकको शव भेटियो, २ जना पक्राउ

  • २९ चैत्र २०७७, आईतवार १३:२२ मा प्रकाशित
  • २९ चैत, काठमाडौं । काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको छ ।
    शनिबार राति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।
    मृतकको नागरिकताको आधारमा परिचय खुलेको प्रहरीले जनाएको छ ।
    मृतकको घुडामा चोट लागेको जस्तो देखिएको र अन्य ठाउँमा त्यस्तो केही नदेखिएको प्रहरीको भनाइ छ । मृत्यको थप कारण पोष्टमार्टमपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
    घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेका छन् ।

    Leave a Reply