राजनीतिक सहमतिमा चुनावी सरकार बनाउन बाबुराम भट्टराईको प्रस्ताव

  • १९ फाल्गुन २०७७, बुधबार १०:२७ मा प्रकाशित
  • १९ फागुन २०७७! जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टुइट गर्दै राजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन आग्रह गरेका छन् ।
    भारतबाट स्वास्थ्य उपचार गरेर दश दिनपछि मंगलबार नेपाल फर्किएका भट्टराईले ट्वीटर मार्फत तुइट गर्दै सहमतिमा चुनावी सरकार बनाउने प्रस्ताव गरेका हुन्।

    उनले टुइट गरेका छन् “दश दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो। यसो गरौं न: १.ऐलेको समस्याको जरो०६५/६६पछि भत्केको राजनीतिक सहमति हो! बाटो बिराए पुरानै ठाउॅमा फर्कनू भने झैं एक पटक Forgive&Forgetको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसंगै यी काम गरौं “

    साथमा उनले ५ प्रस्ताव अगाडि बढाएका छन्। TRC लगायत शान्तिप्रक्रियाका बाॅकी काम पूरा गर्ने, सहमतिले संविधान संशोधन गर्नें, संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन दिने, समावेसी समृद्धिको वृहद गुरूयोजना बनाएर कार्यान्वयन गर्ने, विश्व/छिमेकमा बदलिदो भूराजनीतिलाई ध्यान दिंदै मुख्यत: भारत/चीन/अमेरिकासंग असल सम्बन्ध बनाऊने जस्ता प्रस्ताव गरेका छन् ।

    Leave a Reply