
१३ चैत २०७७! धुर्मुस सुन्तली फाउन्डेसनद्वारा चितवनमा निर्माणधिन अबस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणलाई आर्थिक बजेटको अभाब भएपछि गत चैत १० गतेदेखि मेची महाकाली अभियान सुरु गर्ने क्रममा धुर्मुस सुन्तलीको टिम अहिल कंचनपुर देखि कैलाली पुगेको छ ।
कैलाली पुग्दै गर्दा धुर्मुस सिताराम कट्टेल ले आफ्नो फेसबुक पेजबाट कंचनपुरबासिले गरेको सहयोगलाई आभार प्रकट गर्दै कैलालीमा पनि सहयोग गर्नु हुन सबैमा अनुरोध गरेका छन् ।
उहाँको फेसबुक स्टाटस् जस्ताको त्यस्तै
“चैत १० गतेबाट सुरु भएको हाम्रो मेची महाकाली अभियानको आज चोथौ दिन हामी कैलालीमा आइपुगेका छौं । महाकाली नदी पारिको हाम्रो भूमि दोधारा चाँदनीबाट सुरु भएको हाम्रो अभियानमा कन्चनपुरबासी मनकारी ब्यक्तित्वहरुले गर्नुभएको सहयोग सद्भावले हामी निकै हर्षित भएका छौं । यो अभियान सिंगो देशलाई जोड्ने अभियान हो । एकताको अभियान हो ।
रंगशाला मात्रै नभएर राष्ट्रिय एकताको प्रतिबिम्ब ठडिइरहेको हुनाले हामीले पिच निर्माणमा महाकाली नदीको माटो र सिमा स्तम्भमा रहेको माटो ग्रहण गरेका छौं । यसरी नै पुर्व मेची नदी र सिमाको माटो र भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको माटो गरी तीन वटै ठाउँको माटो अन्तर्राष्ट्रिय खेल मैदानको सातवटा पिचमा सम्माहित गरी राष्ट्रिय एकताको सन्देश सहितको राष्ट्रिय गौरबको रंगशाला निर्माण सम्पन्न गर्ने हाम्रो चाहाना समग्र तीनकरोड नेपालीको चाहाना अनि सपना हो । सोहि अनुरुप हामी यहाँहरुको घर दैलोमा मनसँग मन जोड्न भावना जोड्न आइरहेका छौं । कन्चनपुरको यात्रामा हामीलाई साथ सहयोग समर्थन गर्नुहुने सम्पुर्ण कन्चनपुरबासी आदरणीय मनकारी ब्यक्तित्वहरुमा धन्यवाद एवं आभार ब्यक्त गर्दछौं ।
कन्चनपुरको जस्तै कैलालीको अभियान पनि सार्थक बन्नेछ भन्ने कुरामा विश्वस्त हुँदै सम्पुर्ण सहयोगी मन, सुभेच्छुक एवं शुभ चिन्तक ज्यू र अभियान्ता ज्यूहरुलाई अभियानमा जोडिनका लागी पनि अनुरोध गर्दै हामीसँग जोडिनका लागी इच्छुक ब्यक्ति, संघसंस्था एवं सहयोगी मनका लागी ९८१२२०७४८९
मा सम्पर्क गर्न सक्नुहुनेछ ।” सिताराम कट्टेल धुर्मुस





