
माओवादी केन्द्रबाट कर्णाली प्रदेशको सांसद बनेका धर्मराज रेग्मी नेकपा एमालेको प्रदेश कमिटीको सचिव बनेका छन्।
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा दैलेखबाट सांसद निर्वाचित रेग्मी माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्थे।
एमालेको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सचिवको जिम्मेवारी दिएको हो।
सांसद रेग्मीले केपी ओली र माधव–प्रचण्ड समूह अलग भएका बेला ओली समूहलाई साथ दिन गएका थिए।
केही दिनअघि सेतोपाटीसँगको कुराकानीमा रेग्मीले अदालतको पार्टी ब्युँताउने निर्णयसँगै आफूले के गर्ने भन्ने विषयमा नेताहरूसँग छलफल गरिरहेको बताएका थिए। अन्ततः उनले पूर्वमाओवादी छोडेर एमाले बनेका छन्।यस्तै केन्द्रीय कमिटीले इञ्चार्जमा यामलाल कँडेल, सहइञ्चार्जमा गोरख बोगटी, अध्यक्षमा गुलाबजंग शाही र सचिवमा रेग्मीलाई जिम्मेवारी दिइएको हो ।

