भारतबाट आएका शंकास्पद कोरोना संक्रमितलाई क्वारेन्टिनमा राखिने

  • ९ चैत्र २०७७, सोमबार २१:०७ मा प्रकाशित
  • ९ चैत, काठमाडौँ । सरकारले छिमेकी मुलुक भारतको सीमा नाकाबाट नेपाल प्रवेश गर्नेलाई क्वारेन्टिनमा राख्‍ने भएको छ ।
    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक डा. कृष्ण पौडेलले भारतबाट नेपाल आएका र कोरोना संक्रमणको शंका लागेका व्यक्तिलाई क्वारेन्टिनमा राखिने बताएका हुन् ।
    सोमबारमात्रै विभिन्न नाका भएर ३३ सय जना नेपाल प्रवेश गरेका छन् । उनले अनलाइनखबरसँग भने, ‘ सोमबार मात्रै भारतीय १४ सीमा नाकाबाट ३३ सय मानिस नेपाल भित्रिए । संक्रमणको शंका लागे  क्वारेन्टिनमा राख्छौँ ।’
    उनका अनुसार अन्‍य ५१ शंकास्पद सक्रिय संक्रमितलाई क्वारेन्टिनमा राखिएको छ ।

    Leave a Reply