
सर्लाहीमा निर्माणाधीन घर छतबाट लड्दा एक जनाको मृत्यु भएको छ।

मलंगवा नगरपालिका वडा नं. ४ पानी ट्यांकीस्थित नयाँ घरको ढलान भइरहेको स्थानमा खटिएका कौडेना गाउँपालिका वडा नं. २ ईनर्वाका २० वर्षीय श्याम बाबु मुखियाको लडेर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।
रामबाबु साहको नयाँ घर बनाउन मलंगवा नगरपालिका वडा नं. ३ का सञ्जय महतोले ठेक्का लिई दोस्रो तल्लाको ढलान गर्ने क्रममा लेवरको रूपमा काम गरिरहेका मुखिया छतबाट लडेका थिए।उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लैजाँदा बाटोमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।

