निर्माणाधीन घर छतबाट लड्दा सर्लाहीमा एकको मृत्यु

  • २० फाल्गुन २०७७, बिहीबार १२:१७ मा प्रकाशित
  • सर्लाहीमा निर्माणाधीन घर छतबाट लड्दा एक जनाको मृत्यु भएको छ।

    invotech

    मलंगवा नगरपालिका वडा नं. ४ पानी ट्यांकीस्थित नयाँ घरको ढलान भइरहेको स्थानमा खटिएका कौडेना गाउँपालिका वडा नं. २ ईनर्वाका २० वर्षीय श्याम बाबु मुखियाको लडेर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए। 

    रामबाबु साहको नयाँ घर बनाउन मलंगवा नगरपालिका वडा नं. ३ का सञ्जय महतोले ठेक्का लिई दोस्रो तल्लाको ढलान गर्ने क्रममा लेवरको रूपमा काम गरिरहेका मुखिया छतबाट लडेका थिए।उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लैजाँदा बाटोमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।

    Leave a Reply