कोरोना बिरुद्धको खोप लगाउदाँ जसपा अध्यक्ष बाबुराम अस्पताल भर्ना

  • २० फाल्गुन २०७७, बिहीबार २०:४३ मा प्रकाशित
  • २० फागुन २०७७! पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई कोभिडविरुद्धको खोप लगाएपछि उच्च ज्वरो आएर अस्पताल भर्ना भएका छन् ।

    पोस्ट कोभिड भ्याक्सिन सिन्ड्रोमको असर देखिएको अस्पतालमा प्रवक्ता रामविक्रम अधिकारीले जानकारी दिएका छन् । उच्च जरो आए लगत्तै उनलाई शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको र अस्पतालको ६ सय १ नम्बर कोठामा राखिएको छ। उनलाई हिजै (बुधबार) राति साढे ११ बजे अस्पताल भर्ना गरिएको हो।

    उनमा हाइपो थाइराडिज्मको समस्या पनि देखिएको र अहिले १ सय १ डिग्री ज्वरो आएको उनले जानकारी दिए। भट्टराईको अवस्था सामान्य रहेको र भोलिसम्म डिस्चार्ज गर्न सकिने उनले बताए। ​

    भट्टराईले बानेश्वरस्थित सिभिल अस्पताल पुगेर कोभिड–१९ विरुद्ध खोप लगाएका थिए। खोप लगाएपछि भट्टराईलाई जिउ दुख्ने, ज्वरो आउने समस्या बढ्दै गएको थियो। बुधबार बेलुकादेखि आएको ज्वरो बढेर १०४ डिग्री फरेनहाइटसम्म पुगेको थियो। यो समचार सिभिल खबरले छापेको छ ।

    Leave a Reply