विहेको आश्वासन दिएर बलात्कार गरेको आरोपमा सखुवाप्रसौनी गापाका यादव पक्राउ

  • २९ फाल्गुन २०७७, शनिबार १६:५१ मा प्रकाशित
  • विहेको आश्वासन दिएर बलात्कार गरेको आरोपमा सखुवाप्रर्सौनी गाउँपालिकाका यादव पक्राउ 

    पर्सा- विहे गर्छु भनेर एक बालिकालाई ललाईफकाई पटक पटक १६ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पर्साको सखुवाप्रर्सौनी गाउँपालिका वडा नम्बर ५ बस्ने १८ बर्षीय किशोर रोशन यादवलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । आरोपित यादवले गत फागुन ११ गते रातिको ११:०० बजेको समयमा पिडित बालिकाको कोठामा पुगी तिमि संग विवाह गर्छु भनी आश्वासन दिएर बलात्कार गरेका थिए । 

    त्यपछि उनले हिड जाउ तिम्रो घर पूर्यईदीनछु भनेर भारतको गोररखपूर भन्ने ठाउमा लागी पटक पटक बलात्कार गरेका थिए । पिडित बालिका अनुसार बालिका सम्पर्कविहिन भएपछी परिवार र प्रहरीको तर्फबाट खोजतलास भईरहेको थाह पाएपछि आरोपित यादवले बालिकालाई आफ्नो घरजाउ भनी पठाईदिए पछी घटना सार्बजनिक भएको छ । 

    त्यसपछि पिडित बालिका वुवाले जिल्ला प्रहरी कार्यलयमा न्यान्यको माग गर्दै जाहिरी दिए पछी आरोपित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकास खनालले बताउनुभयो । 

    पिडितपक्षको जाहिरिको आधारमा प्रहरीले गाउँमा नै लुकीछिपी बसेको अवस्थामा आरोपित यादवलाई पक्राउ गरेको प्रवक्ता खनालले बताउनुभयो । पक्राउ परेका यादवमाथि अदालतबाट ७ दिनको म्याद लिएर जबरजस्ती करणी शिर्षकमा थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता खनालले जानकारी दिनुभयो ।

    Leave a Reply