
मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमालेका सबै सांसदले हस्ताक्षर फिर्ता गरेका छन्।
प्रदेश सभामा सामूहिक पत्र पठाउँदै एमालेका १६ जना सांसदले अविश्वास प्रस्तावमा गरेको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्।
यसअघि तत्कालीन नेकपाका ३७ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए। त्यसपछि ६ जनाले फिर्ता लिँदै मुख्यमन्त्रीलाई समर्थन गरेका थिए।
मुख्यमन्त्रीले यसपटक मन्त्रिपरिषद विस्तार गर्दा दल माओवादी त्यागेर एमाले प्रवेश गरेका, गुट बदलेर हस्ताक्षर फिर्ता लिएकाहरूलाई छानीछानी मन्त्री बनाएका थिए।
माधव नेपाल पक्षको स्थायी कमिटीले अविश्वास प्रस्ताव फिर्ता लिने जनाएपछि प्रदेश १ मा सांसदहरूले हस्ताक्षर फिर्ता गरेको जनाएका छन्।


