दार्चुलामा जीप दुर्घटना हुँदा चालकसहित तीनको मृत्यु

  • २२ फाल्गुन २०७७, शनिबार १९:३३ मा प्रकाशित
  • दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ अरू ४ जना घाइते भएका छन्।

    invotech

    शनिबार बेलुका सवा ५ बजेतिर शैल्यशिखर नगरपालिका-८ अमतोलीबाट लेकम गाउँपालिका-४ रिठाचौपातातर्फ जाँदै गरेको ग ३ च १६९३ नं. को जीप दुर्घटना भएको हो।

    ३८ वर्षीय करन नाथले चलाएको उक्त जीप लेकम गाउँपालिका-६ स्थित उचकोट भन्ने स्थानमा कच्ची सडकखण्डबाट अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ।

    जीपमा सवार–७ जनामध्ये ३ जनाको घटनास्थलमा नै मृत्यु भएको र ४ जना घाइतेलाई गोकुलेश्वर अस्पताल पठाएको प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

    मृत्यु हुनेमा जीप चालक चालक नाथ, शैल्यशिखर नगरपालिका-८ की ७० वर्षीया सुनादेवी पन्त र सोही ठाउँका ४० वर्षीय पदमराज पन्त छन्।

    घाइते हुनेमा शैल्यशिखर नगरपालिका-८ बस्ने वर्ष ७२ का बुद्धि बल्लभ पन्त, पदम राज पन्तको छोरा वर्ष १२ का मुकेश पन्त र अर्का छोरा वर्ष ७ को बसन्त पन्त र वर्ष ७० की गंगादेवी पन्त रहेका छन्।

    घाइतेहरूको अवस्था गम्भीर रहेको सिंहले जानकारी दिए।

    Leave a Reply