हवाई यात्राको प्रतिबन्ध फुकुवा गर्नेबारे अस्ट्रेलिया र सिंगापुरबीच वार्ता

  • १ चैत्र २०७७, आईतवार १५:११ मा प्रकाशित
  • १ चैत, काठमाडौं । सिंगापुर र अस्ट्रेलियाबीच एकअर्काको मुलुकका नागरिकहरुलाई क्वारेन्टिनविना नै मुलुकमा प्रवेश दिने विषयमा छलफल भएको छ ।
    सिंगापुरका विदेशमन्त्रीले आइतबार दिएको जानकारीअनुसार सिंगापुर र अष्ट्रेलियाबीच आपसी खोप प्रमाणपत्रलाई मान्यता दिँदै हवाई उडानमा रहेको प्रतिबन्ध हटाउने विषयमा छलफल भएको हो । विशेषगरी एकअर्काको मुलुकका विद्यार्थी, व्यावसायिक भ्रमणका लागि हवाई प्रतिबन्ध खुला गर्ने विषयमा छलफल भएको विदेश मन्त्रालयको बताएको छ ।
    यस विषयमा अष्ट्रेलियाले भने कुनै प्रतिक्रिया दिएको छैन । सिंगापुरले मुलुकमा कोरोना संक्रमण नियन्त्रणमा आएसँगै भ्रमण र पर्यटन उद्योगको अवस्थामा सुधारको लागि प्रयास गरिरहेको छ ।
    सिंगापुरले यसअघि नै अष्ट्रेलिया, न्युजिल्याण्ड, चीनजस्ता मुलुकबाट आउने पर्यटकहरुलाई क्वारेन्टिन विना नै मुलुकमा प्रवेशको अनुमति दिइसकेको छ । तर, अष्ट्रेलियाले भने वैदेशिक हवाई यात्रामाथिको प्रतिबन्ध कायमै राखेको छ ।

    Leave a Reply