विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

  • २० फाल्गुन २०७७, बिहीबार २०:०९ मा प्रकाशित
  • dlGqkl/ifb\ a}7s sf7df8f}F, !! kmfu’g . k|wfgdGqL s]kL zdf{ cf]nLsf cWoIftfdf k|wfgdGqL lgjf; afn’jf6f/df dª\unaf/ a;]sf] dlGqkl/ifb\ a}7s . t:jL/ ;f}hGoMk|wfgdGqL ;lrjfno, /f;;

    सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

    आज बिहान सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको थियो। उक्त सहमतिलाई अनुमोदन गर्ने निर्णय पनि गरेको ती मन्त्रीले जानकारी दिए।शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव ‘विप्लव’ले सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने कार्यक्रम छ।

    Leave a Reply