तुलसिपुर फागुन ५
दाङको तुलसीपुरमा राष्ट्रिय स्तरको टेबल टेनिस प्रतियोगिता हुने भएको छ । नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको तेश्रो स्मृतिमा प्रतियोगिता हुने भएको हो । “युथ अफ तुलसीपुरकोे” आयोजना तथा दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा आउँदो चैतको १६ गतेदेखि २० गते सम्म प्रतियोगिता हुन लागेको बुधबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ ।
स्थानीय खेलाडीहरुलाई चिनाउने र उनीहरुको मनोबल उच्च बनाउने मुख्य उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको “युथ अफ तुलसीपुरका” सल्लाहकार अरुण लहरेले जानकारी दिए । उनले खेलमा प्रथम, द्धितीय र तृतिय हुनेलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए ।
जस अन्तर्गत प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार, मेडल तथा प्रमाणपत्र, द्धितीय हुने टिमलाई नगद १५ हजार मेडल तथा प्रमाणपत्र र तृतीय हुने टिमलाई नगद पाँच हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
त्य्स्तै महिला एकल र पुरुष एकल तर्फ प्रथम हुनेलाई ४० हजार, द्धितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई नगद १० हजार ,प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । त्यस्तै पुरुष जुनियर र महिला जुनियर तर्फ प्रथम हुनेलाई ३० हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई पाँच हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिने लहरेले बताए ।
प्रतियोगीतामा पुरुष जुनियर र महिला जुनियर टिम तर्फ प्रथम हुनेलाई २० हजार, द्धितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
युथ अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन अरुण लहरेले गरेका थिए ।।
प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित टेबल टेनिस कर्भड हलमा हुने छ ।

