राष्ट्रीय युवा क्लब द्वारा सरसफाई तथा फोहोर जम्मा गर्ने डस्पीन राखियो।

  • ३० माघ २०७७, शुक्रबार १५:१५ मा प्रकाशित
  • उमेश कुशवाहा बिरगंज माघ ३०। राष्ट्रीय युवा क्लब पिपरा १४ द्वारा सरसफाई तथा फोहोर थुपार्णको लागि डस्पीन राख्ने कार्यक्रम सम्पन्न भएको छ।

    बिरगंज पिपरा-१४ को टोल टोलमा पुगी आफ्नो घर-आँगन ,टोल छ-छिमेक आफै साफा राखौ,नारा को साथ राष्ट्रीय युवा क्लबले सरसफाई गरी फोहोर थुपार्ने १८ वटा डस्पीन राखेको छ।

    बिरगंज १४ का वडा अध्यक्ष भरत प्रसाद कुर्मी र क्लबका अध्यक्ष सन्दीप पटेलले डस्पीन राखी सरसफाई कार्यक्रमको उदघाटन गर्नु भएको थियो।

    बिरगंज १४ का वडा अध्यक्ष भरत कुर्मी,वड़ा सदस्य संजय कुमार पटेल,नेपाली कांग्रेस तथा तराई मधेश समन्यव बिभागका सचिव रामनारायण प्रसाद कुर्मी , गाउका भद्रभलादमी सुदीप पटेल,माया निधि,कुशल पटेल,प्रकाश रौनियार,पप्पू पटेल,रंजन राम,सुधीर साह उपस्थि रहेको थियो।

    त्यस्तै क्लबको तर्फबाट सन्दीप पटेल,शोभा देबि,सुमित पटेल,रामीश्वर पटेल,युराज पटेल,दीपक पासवान,राहुल पटेल,कृष्ण ,रानी देबि,रितिक,फुलझरी,रोशन,उपेन्द्र, सूरज,रबी ओमप्रकाश लगायतको उपस्थित रहेको थियो। अध्यक्ष पटेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको क्लबको अध्यक्ष सन्दीप पटेलले जानकारी गराउनु भयो।

    Leave a Reply