तुलसीपुर
२ फागुन / तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा रामप्रसाद चालिसे निर्वाचित भएका छन् । आईतबार विहान सार्वजनिक भएको मतपरिणाम अनुसार संयुक्त व्यासायीक प्यानलबाट उम्मेदवार बनेका चालिसेले ८२९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रजातान्त्रिक प्यानलका हिमाल बस्नेत(टेकन)ले ७९५ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर ३४ मात्रै रहेको थियो ।
चालिसेले सुरु देखिनै अग्रता कायम गरेका थिए । संघको पदाधिकारीमा संयुक्त व्यबसायीक प्यानलले अध्यक्षसहित बाणिज्य उपाध्यक्ष, खुल्ला उपाध्यक्ष, महासचिब, कोषाध्यक्षमा जित हाँसिल गरेको छ, भने प्रजातान्त्रिक प्यानलले उद्योग उपाध्यक्ष,सचिब र सहकोषाध्यक्षमा विजयी हाँसिल गरेको छ ।
खुल्ला उपाध्यक्षमा संयुक्त व्यबसायीक प्यानलका रुपबहादुर खत्री विजयी भएका छन् । उनले ८५६ मत प्राप्त गरेका छन्, भने उनका प्रतिद्वन्द्वी प्रजातान्त्रिक प्यानलका तुलसीराम न्यौपानेले ६९२ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर १६४ रहेको छ । त्यस्तै बाणिज्य उपाध्यक्षमा संयुक्त व्यबसायीक प्यानलकै मिनराज भण्डारीले ९७१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी गोकर्ण गिरीले ६०३ मत ल्याएका छन् । उनीहरुबीचका मतान्तर ३६८ रहेको छ ।
उद्योग उपाध्यक्षमा भने प्रजातान्त्रिक प्यानलका ललितजंग शाहले विजयी हाँसिल गरेका छन् । उनले संयुक्त व्यबसायीक प्यानलका यज्ञबहादुर केसीलाई १४२ मतान्तरले पछि पार्दै विजयी हाँसिल गरेका हुन् । शाहले ८६० मत प्राप्त गरेका थिए, भने केसीले ६०३ मत प्राप्त गरेका थिए ।
महासचिबमा संयुक्त व्यबसायीक प्यानलकै विनिल केसी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार केशवराज केसीलाई ५४३ मतान्तरले पछि पार्दै विजयी हाँसिल गरेका हुन् । बिनिलले १०५० मत प्राप्त गरेका थिए, भने केशवराजले ५०७ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्षमा संयुक्त व्यबसायीक प्यानलकै देवबहादुर केसी विजयी भएका छन् । उनले प्रजातान्त्रिक प्यानलका डिलबहादुर वलीलाई ५६९ मतान्तरले पछि पार्दै विजयी हाँसिल गरेका हुन् । केसीले १०५५ र वलीले ४ सय ८६ मत प्राप्त गरेका थिए ।
सचिबमा प्रजातान्त्रिक प्यानलका खुशलराम शर्मा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी संयुक्त व्यबसायीक प्यानलका वेदप्रकाश वलीलाई २९५ मतान्तरले पछि पार्दै विजयी हाँसिल गरेका हुन् । शर्माले ६२२ मत प्राप्त गरेका थिए, भने वलीले ३२७ मत प्राप्त गरेका थिए । सचिबमा चारजनाको उम्मेदवारी परेको थियो । अन्य दुइजना स्वतन्त्र उम्मेदवार थिए ।
स्वतन्त्र उम्मेदवार सपना बस्नेतले ३१३ र दुर्गाप्रसाद भण्डारीले १६१ मत प्राप्त गरेका थिए । सह–कोषाध्यक्षमा पनि प्रजातान्त्रिककै कमल गौतम विजयी भएका छन् । उनले ७३३ मत प्राप्त गरेका छन्, भने उनका निकटतम प्रतिद्वन्द्वी संयुक्त व्यबसायीक प्यानलका टेकप्रकाश केसीले ५३२ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर दुईसय १ रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार हेमेन्द्र खड्काले २११ मत प्राप्त गरेका छन् ।
साभार : तुलसीपुर अनलाइन

