
नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।
उपाध्यक्ष गौतमले आज बिहान प्रचण्डलाई भेटेर एकताका पक्षमा उभिन प्रस्ताव गरेको उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले बताए।
नेकपा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-नेपाल पक्षमा विभाजित भएको छ। गौतम भने एकताका पक्षमा उभिएका छन्।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि वामदेवले प्रचण्डलाई भेटेका हुन्।
प्रचण्ड र गौतमबीच करिब आधा घण्टा खुमलटारमा छलफल भएको थियो। नेकपालाई मिलाएर अघि लैजानु पर्ने गौतमको प्रस्तावमा प्रचण्डले भने केही प्रतिक्रिया दिएका थिएनन्।यसअघि बुधबार विज्ञप्ति जारी गर्दै वामदेवले ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए।

