
कैलाली । बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको ज्या न लि एको सम्बन्धी घटनाको अनुसन्धानमा खटिएर सफलता प्राप्त गरेको भन्दै दुई प्रहरीलाई बढुवा गरिएको छ । सुदू क’र’णी पछि ह’त्या ग रिएकी बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भागरथी भट्टको घटनाको सफल अनुसन्धान गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापालाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा गरिएको हो। यस्तै, इलाका प्रहरी कार्यालय, राजापुर बर्दियामा दरबन्दी भएर हाल जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी जवान नरबहादुर थापालाई हवल्दार पदमा बढुवा गरिएको छ।
यस्तै, प्रहरी हवल्दारमा बढुवा भएका नरबहादुर थापाले माघ ११ गते कञ्चनपुरको पुनर्वास नगरपालिका–१ निवासी ७१ वर्षीया वृद्धा खन्टी भुलको ह त्यामा स मेत अनुसन्धानको पाटोमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । भुललाई भाइ नाता पर्ने दलबहादुर विकले रातिको समयमा ह त्या ग री गहना लु टेका थिए । घटना लगत्तै सो स्थानमा भएका कागज, पैतालाको डोब पहिचान गरी प्रहरीले अनुसन्धानमा सफलता पाएको थियो । अनुसन्धानकै क्रममा दलबहादुरमाथि शं का लागि खानतलासी गर्दा लु टि एको सुन र ह त्या मा प्रयोग गरिएका ह ति यार फेला परेपछि निजलाई पक्राउ गरिएको थियो ।
बुधबार बढुवा भएका दुवैलाई बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआईजी उत्तमराज सुवेदीले दर्ज्यानी चिह्न प्रदान गरे । भागरथीको ह त्या सम्बन्धमा यी दुवैले अनुसन्धानको पाटोमा निकै महत्वपूर्ण काम गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको भनाइ छ । उनीहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताए । प्रहरी नायव निरीक्षकमा बढुवा भएका थापा २०५६ साल भदौ २० गते प्रहरी सेवामा प्रवेश गरेका हुन् । प्रहरी जवानका रुपमा सेवामा प्रवेश गरेका उनी २०६५ सालमा हवल्दारमा बढुवा भएका थिए भने २०७३ मा प्रहरी सहायक निरीक्षकमा बढुवा भए । हवल्दारमा बढुवा भएका थापा भने २०६३ चैत ३ गते प्रहरी जवानका रुपमा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

