कुखुरापालक कृषकहरुको लागि एक दिने तालिम सम्पन्न।

  • १५ फाल्गुन २०७७, शनिबार १८:४५ मा प्रकाशित

  • कुखुरापालक कृषकहरुका लागि एक दिने व्यवसायिक कुखुरा पालन तथा व्यवस्थापन सीप हस्तान्तरण कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ । एपोलो फिड्स प्रा.लि. को आयोजना र मेलम्ची नोवेल एग्रोभेटको समन्वयमा भएको कार्यक्रममा मेलम्ची र आसपासका ५५ जना कृषक सहभागि रहेका थिए । सहभागिलाई डा. दिपक लम्सालले कुखुरा पालनको तरिका र उनिहरुको जिज्ञासाको समाधान गराउनु भएको थियो । साथै कार्यक्रममा सफल तथा मेहनती मेलम्चीका किसान सागर दुलाल र उत्कृष्ट किसान कृष्ण दुलाललाई सम्मान गरिएको थियो । आगामी दिनमा किसानहरुका लागि उपयोगि हुने कार्यक्रम थुप्रै संचालन गरिने मेलम्ची नोवेल एग्रोभेट सेन्टरका संचालक सुदिप धितालले बताउनुभयो । कार्यक्रममा एपोलो फिडका संचालक बिनेस गौतम, माँ दक्षिणकालि, पोल्ट्रि सप्लायर्स बनेपाका रमेश भण्डारी, जिवन गौतम, मुनाल स्टोर मेलम्चीका राममणि गौतमले आफ्नो धारणा राख्नु भएको थियो ।

    Leave a Reply