४ लाख ९८ हजार डाउन पेमेन्टमा किन्न सकिने इलेक्ट्रीक कार

  • १८ पुष २०७७, शनिबार २२:४२ मा प्रकाशित
  • काठमाडौं । दिगो समूहले नेपालमा विक्री गर्दै आएको इ८ कार किन्ने ग्राहकले ४ लाख ९८ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट तिरेर नयाँ इलेक्ट्रीक कार किन्न सक्ने छन् । उक्त रकम गाडीको मूल्यको २० प्रतिशत हो ।
    पाँच जनाले आरामदायी यात्रा गर्न सक्ने यो कारको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ । अहिले बजारमा चलेको औषत ८.५ प्रतिशत व्याजदरमा ७ वर्षको लागि कर्जा लिएर गाडी किन्ने ग्राहकले मासिक ३१ हजार ५९६ रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ । अनुमानित मासिक किस्ता थाहापाउन यहाँ क्लीक गर्नुहोस् ।
    दिगो समूहले नेपाली बजारमा इलेक्ट्रीक सवारी साधन कार, माइक्रोबस र बस जस्ता उत्पादनको विक्री वितरण गर्दै आएको छ । यस्तोमा कम्पनीले विक्री गर्दै आएको दिगो इ८ अहिले ग्राहकको रोजाईमा पर्न थालेको हो ।
    विशेषत कम मूल्य, व्यवस्थित विक्री कक्ष, आधुनिक सर्भिस सेन्टर र पुरानो व्यवसायीक घरानाले यसको स्वामित्व लिएसँगै ग्राहकमा कम्पनी प्रतिको विश्वास बढ्दो देखिन्छ ।
    सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटबाट विद्युतीय कारमा भन्सार, अन्तःशुल्क र सडक निर्माण दस्तुर वढाएसँगै विद्युतीय कारमा आकर्षण बन्द प्रायः रहेको थियो । अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै उनले अन्तःशुल्क साना कारमा ३० प्रतिशतबाट घटाएर ६ प्रतिशतमा ल्याएसँगै साना विद्युतीय कारको विक्रीमा केहि चहल पहल आएको देखिन्छ ।


    यस्तो छ ‘इ-८’
    दिगो इ८मा १५.२ किलोवाट आवरको लिथियम आयोन फस्फोरस व्याट्री दिइएको छ । उक्त व्याट्रीलाई ३ किलोवाटको चार्जरले घरायसी विजुलीबाट ५ घन्टामा फुल चार्ज गर्न सकिन्छ । कारमा दिइएको मोटरले अधिकतम पावर २०.११ बीएच पावर र अधिकतम टर्क १८० एनएम प्रदान गर्छ ।
    रियर ह्वील अटोमेटिक ड्राइभ अप्सनमा उपलब्ध यो कारले एकपटकको फुलचार्जमा १५० किलोमिटर रेञ्ज प्रदान गर्छ । तर, एनइडीसीले २०० किलोमिटर रेञ्ज प्रदान गर्ने प्रमाणित गरेको छ । यसको संचालन खर्च १ रुपैयाँ १० पैसा प्रतिकिलोमिटर पर्ने कम्पनीले दाबी गरेको छ ।
    १६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा पावर स्टेरिङ, डिस्क र ड्रम ब्रेक जस्ता फिचर समाबेस गरिएको छ । स्टायडर्ड र इकोनोमिक ड्राइभिङ मोड रहेको उक्त गाडीमा इलेक्ट्रोनिक्स ब्रेकिङ ओआरभीएम, हिल एसिस्ट कन्ट्रोल, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, एसी, हिटर, पावर विन्डो, रिमोट अनलक, व्याट्री म्यानेजमेन्ट सिस्टम, फगल्याम्प जस्ता प्रिमियम फिचर रहेको छ ।
    त्यसैगरी, सुरक्षा फिरचको रुपमा उच्च जोखिम बहन गर्न सक्ने बडी, अगाडिको चालक र यात्रुलाई सिट वेल्ट, लो व्याट्री वार्निङ जस्ता फिचर रहेका छन् ।
    कारमा यात्रा गर्दा मनोरञ्जन र सूचना प्रदान गर्न ७ इन्चको मल्टीमिडिया एचडी टचस्कृन, ब्ल्यूटुथ कनेक्सन, रिभर्स पार्किङ क्यामेरा जस्ता फिचर उपलब्ध रहेको छ ।
    कारको लम्बाई ३६१० एमएम, चौडाई १५७० एमएम र उचाई १४९० एमएम रहेको छ । साथै ह्वील वेस २४३५ एमएम रहेको छ ।

    Leave a Reply