बहुदरमाईका अकलेश यादवलाई हत्या गर्ने,हत्याराहरु पक्राउ

  • १७ माघ २०७७, शनिबार १८:३९ मा प्रकाशित
  • twitter sharing button
    बहुदरमाईका अकलेश यादवलाई हत्या गर्ने,,हत्यारा फुपाजुसहित ,मिया र पटेल पक्राउ

    बिरगंज -पर्सा प्रहरीले हत्या अभियोगमा तिन जनालाई पक्राउ गरेको छ । गत पुष १ गते पर्साको बहुदरमाई नगरपालिका वडा ४ बहूअरी बस्ने २१ बर्षिय अकलेश राउत यादवलाई डोरीबाट घाटी कसेर मारी हत्यालाई आत्महत्या देखाउने ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नम्बर ५ बस्ने ५१ बर्षिय भागीरत राउत अहिर , ४१ बर्षीय शेष ताहीर मिया र २७ बर्षीय छट्टु भनेर चिन्ने दिनेश पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुवरले बताउनुभयो । पक्राउ परेका भागीरत राउत अहिर मृतक अकलेश राउत यादवको नातामा फुपाजु रहेको र उनले नै मिया र पटेललाई आर्थिक प्रलोभनमा परेर उनको हत्या गराएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

    प्रहरीका अनुसार मृतक अकलेश राउत यादवको मृत्युको पश्चात उनको ठुलो बुवाको सम्पूर्ण सम्पति भागीरत राउत यादवको हुने भएकाले हत्या गरेका हुन् । भागीरतले घटना हुनुभन्दा दुई दिन पहिला नै मिया र पटेल संग भेटेर आर्थी लोभ देखाएर अकलेशको हत्या गर्ने योजना बनाएका थिए । त्यस पछी भागीरत अर्थात मृतकका फुफाजुले आफुसहित अन्य दुई अभियुक्त संग मिलि उनको घाटीमा डोरीले कसी हत्या गरेका थिए । हत्या पश्चात मितक अकलेशको आफ्नै खेतको आलिमा रहेको पकडीको रुखमा उनको गलबन्दीबाट बाधेर झुण्डयाएका थिए ।

    पर्सा प्रहरीले घटनास्थलको निरिक्षण तथा अवलोकन पश्चात लिएको फोटो र भिडियो , स्थानीय संगको सोधपूछ , उनको मृत्युबाट कसलाई लाभ हुनसकने लगायतका पक्षलाई सुक्ष्म रुपले अनुसन्धान गर्दै जादा अभियुकलाई पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता कुवरले बताउनुभयो ।प्रहरीले मृतक अकलेश राउत यादवको श्रीमतीबाट जाहेरी दर्ता गराई उनीहरुमाथि कर्तब्य ज्यानको मुद्दामा कारवाही प्रक्रिया अगाडी बढाएको छ

    Leave a Reply